+
+

मोडल हन्ट ‘फेस अफ नेपाल’ को अडिसन सातै प्रदेशमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १७:४२
फाइल तस्वीर

काठमाडौं । मोडल हन्ट ‘फेस अफ नेपाल’ को अडिसन यस वर्षदेखि देशव्यापी हुने भएको छ । देशका सातै प्रदेशका प्रमुख सहरमा प्रतियोगिताका लागि अडिसन हुने आयोजक  एमएस प्रोडक्सन नेपालले जनाएको छ ।

सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट एमएस प्रोडक्सनले आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार यो मोडल हन्ट प्रतियोगितामा महिला र पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा १८ वर्षमाथिका ५ फिट ८ इञ्च भन्दा अग्ला पुरुष तथा ५ फिट ५ इञ्चभन्दा माथि उचाइका महिला सहभागी हुनसक्नेछन् ।

प्रतियोगिताका लागि खल्ती एप तथा वेबसाइटबाट  आवेदन फारम भर्न सकिने छ । छनोट प्रक्रियापछि प्रतियोगीहरुलाई १५ दिनको तालिम दिइनेछ । फिनालेमा जजको मूल्यांकन र भोटिङबाट तीन जना विजेता घोषित हुनेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले काठमाडौंमा गरिने छ ।

प्रतियोगिताका विजेताले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागिता जनाउन पाउनेछन् । उक्त प्रतियोगितामा एसियाली मुलुककका २७ भन्दा बढी प्रतिस्पर्धीले भाग लिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?