
असार २१, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १ लाख ४४ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन गर्दै आएको छ ।
यसअघि जेठ २५ गते सुनको भाउ प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलामा १८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८७० कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4