+
+

मधेश सरकारमा कांग्रेसलाई सहभागी गराउन ४ दलका मन्त्री हटाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते ११:३१

२२ असार, जनकपुरधाम । जनमत नेतृत्वको मधेश सरकारबाट आज चार दल ६ मन्त्री हटाइँदै छ ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सतिशकुमार सिंहले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीलाई सरकारबाट हटाउन लागेका हुन् ।

स्रोतका अनुसार मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीहरुलाई राजीनामा बुझाउन आग्रह गरेका छन् ।

२५ जेठमा जनमतका सिंहको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र अर्थ र उद्योगा वाणिज्य तथा पर्यटन मन्त्राल, एकीकृत समाजवादीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय लिएको थियो ।

यस्तै एक/एक सिट भएको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात मन्त्रालय र संघीय समाजवादी पार्टीले गृह संचार तथा कानुन मन्त्रालय लिएर सरकारमा छन् ।

केन्द्रमा कांग्रेस र एमालेको समीकरण भएपपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएका थिए । त्यस अनुसार मधेशमा कांग्रेसलाई सहभागी गराउन लागिएको हो ।

माओवादी केन्द्रका दुई मन्त्रीले भने राजीनामा नदिने स्रोतले जनाएको छ । सरकारले हटाओस् भन्ने मनस्थितिमा माओवादी छ ।

एकीकृत समाजवादीका मन्त्रीले भने आज राजीनामा बुझाउने तयारीमा छन् । एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले आज राजिनामा बुझाउने बताए ।

मुख्यमन्त्री सतिश सिंहले आज विश्वासको मत लिन समेत लागेका छन् । त्यसअघि उनले चारदललाई हटाएर कांग्रेस र लोसपालाई सरकारमा भित्र्याउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?