+
+

जुम्लामा कल्भर्ट भत्काउने क्रममा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १२:१७

२२ असार, सुर्खेत । जुम्लाको पातारासीमा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठुलो खोलामा शुत्रबार बेलुका पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जना कामदारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी छेदिलाल कामतीले जानकारी दिए ।

त्यस्तै घाइते हुनेमा पातारासी गाउँपालिका-१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी रहेको डिएसपी कामतीले बताए ।

घाइते तीन जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । उनीहरू अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?