+

साउथगेटको १०० औं खेलमा इंग्ल्यान्ड स्विट्जरल्यान्डसँग भिड्दै

२०८१ असार  २२ गते १३:१६ २०८१ असार २२ गते १३:१६
साउथगेटको १०० औं खेलमा इंग्ल्यान्ड स्विट्जरल्यान्डसँग भिड्दै

२२ असार, काठमाडौं । युरो २०२४ को तेस्रो क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डको सामना गर्दै छ । जहाँ स्विट्जरल्यान्ड लयमा देखिएको छ, इंग्ल्यान्डले राम्रो गर्न सकेको छैन् र उसको आलोचना भइरहेको छ । यस खेल जोडिएका तथ्यांक यस प्रकार छन् :

– इंग्ल्यान्डका लागि यो प्रशिक्षक गेराथ साउथगेटको १०० औं खेल हुनेछ । यो खेलपछि इंग्ल्यान्डसँगको अनुबन्ध सकिंदैछ ।

– साउथगेटको नेतृत्वमा इंग्ल्यान्ड ठूलो प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल्दैछ । यसअघिका तीन क्वाटरफाइनलमध्ये इंग्ल्यान्ड दुईमा विजयी रहेको थियो ।

– अन्तिम १६ को खेलमा इंग्ल्यान्ड स्लोभाकियाविरुद्ध पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको थियो । खेलको केही अन्तिम सेकेन्डमा जुड बेलिङघमले गोल गरे र इंग्ल्यान्डको उद्धार गरे ।

– इंग्ल्यान्डले आफ्नो देशको संसदीय चुनाव सकेको दुई दिनपछि खेल्दैछ ।

– स्विट्जरल्यान्डले अन्तिम १६ को खेलमा इटालीलाई हराएको थियो र उसका प्रशिक्षक मुराट याकिनलाई कुशल रणनीतिकार भन्न सुरु भएको छ ।

– स्विट्जरल्यान्डले इंग्ल्यान्डलाई नहराएको ४३ वर्ष भइसकेको छ । दुई टिमबीचको पछिल्लो खेलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई २–१ ले हराएको थियो ।

– स्विट्जरल्यान्डले आफ्नो इतिहासमा तेस्र पटक मात्रै ठुलो प्रतियोगिताको क्वाटरफाइनल खेल्दैछ । स्वीस टिम अहिलेसम्म कुनै पनि प्रतियोगिताको सेमिफाइनल पुगेको छैन् ।।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय