+
+

गुल्मीमा पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १३:१५

२२ असार, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्धार गरिएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

ढुङ्गा माटोले बनेको एकतले टिनले छाएको तमाटाको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले पुरेको थियो । उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जीवितै उद्धार गरेका छन् ।

उद्धारपछि उनलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ ।

पहिरो खसेका बेला उनी घरमा एक्लै थिइन् । उनकी छोरी घाँस काट्न गएका बेला पहिरोले घर पुरिएको थियो ।

उनका श्रीमान् र छोरा भारतमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?