+

कूटनीतिक तनावबीच टर्कीले नेदरल्यान्ड्सको सामना गर्दै

२०८१ असार  २२ गते १३:३५ २०८१ असार २२ गते १३:३५
कूटनीतिक तनावबीच टर्कीले नेदरल्यान्ड्सको सामना गर्दै

२२ असार, काठमाडौं । युरो २०२४ को चौथो तथा अन्तिम क्वाटरफाइनलमा आज राति टर्कीले नेदरल्यान्ड्सको सामना गर्दैछ ।

टर्कीका डिफेन्डर मेरिह डेमिरलले अस्ट्रियासँगको खेलमा अतिवादी राष्ट्रिय इसारा गरेका थिए र यसै कारण उनीमाथि दुई खेलको प्रतिबन्ध लागेको छ । यही प्रतिबन्धका कारण टर्की र जर्मनीबीच कूटनीतिक सम्बन्ध समेत चिस्सिएको छ ।

यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् :

– टर्कीका अतिवादी समर्थकले नेदरल्यान्ड्सविरुद्धको खेलमा आफ्नो देशको राष्ट्रिय गीत बज्दा यस्तै इसारा गर्न अनुरोध गरेका छन् ।

– टर्की सरकारले डेमिरलले देखाएको इसाराको समर्थन गरेको छ ।

– सन् २००८ यता दुवै टिम पहिलो पटक युरोको क्वाटरफाइनल खेल्दैछन् ।

– नेदरल्यान्ड्सले रोमानियालाई ३-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो । डच टिम ठीक समयमा लयमा आएको छ ।

– टर्की भने लिग चरणको खेलमा आफ्नो समूहका दोस्रो स्थानमा आएको थियो ।

– यो खेलको विजेताले सेमिफाइनलमा इंग्ल्यान्ड अथवा स्विट्जरल्यान्डको सामना गर्नेछ ।

– नेदरल्यान्ड्स युरो इतिहासमा छैटौं पल्ट सेमिफाइनल पुग्ने प्रयासमा हुनेछ । सन् २००४ मा अन्तिम पटक डच टिम अन्तिम चारमा पुगेको थियो ।

– टर्कीले भने सन् २००८ मा सेमिफाइनल खेलेको थियो ।

– दुई टिमबीच अहिलेसम्म १४ खेल भएका छन् । त्यसमा नेदरल्यान्ड ६ पटक र टर्की चार पल्ट विजयी रहेको छ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय