+
+

मधेशकी सांसदले भनिन् : यस्तै हो भने ०८४ मा जनताले जुत्ता हान्छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १५:५१

२२ असार, जनकपुरधाम । मधेश प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह चौधरीले दलका नेताहरुमा खुट्टा तान्ने प्रवृत्ति रहिरहे ०८४ को चुनावमा जनताले जुत्ता हान्ने बताएकी छन् ।

मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिन सदनमा धारणा राख्ने क्रममा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को को बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक पद्धतिबाट निर्वाचित सांसदलाई फरक व्यवहार गरेकामा आपत्ति जनाइन् ।

प्रत्यक्ष सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड रुपैयाँ सरकारले दिने भनेको विषय केलाउँदै सांसद चौधरीले सो शब्द प्रयोग गरेकी हुन् ।

‘ खुट्टा तान्ने जुन प्रवृत्ति छ । त्यसलाई छोडौं । नभए २०८४ को चुनावमा हामीलाई जनताले जुत्ता हान्छ’, उनले प्रदेशसभा बैठकमा भनिन् ।

उनको सो शब्द प्रयोग गर्दा सांसदहरु खित्का छाड्दै हाँसेका थिए । शब्द चयनमा त्रुटि भएको भन्दै सभामुख रामचन्द्र मण्डलले सो शब्द रेकर्डबाट हटाउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?