+
+

सिलवालको पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १७:१६

२२ असार, काठमाडौं । अमेरिकामा बसेर व्यवसाय गरिरहेका सानुबाबु सिलवालको पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ विमोचन भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा शुक्रबार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूको अवस्था, अमेरिकी जीवन बिताउन चाहनेहरूका लागि सुझाव, त्यहाँको अवसर, अर्थ व्यवस्था, कर, कानुनी पाटो, नेपालसँगको सम्बन्धजस्ता विषय समावेश गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले जहाँ पुगे पनि सबैले आफ्नो पहिचान बिर्सनु नहुने बताए । उनले शिक्षा, समाज र संस्कृति नै मुलुकको पहिचान भएकाले जहाँ भए पनि बिर्सिन नहुने धारणा राखेका थिए ।

कार्यक्रममा लेखक सिलवालले अमेरिकामा जीवन जिउन सहज बनाउन प्रवासीहरूका लागि किताब तयार पारेको बताए । उनले मातृभूमि छोडेका नेपालीहरूको आर्थिक समृद्धिका लागि बाटो देखाउने काममा आफू लागिरहेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?