+
+

केन्द्रीय सदस्य चयनका लागि एकीकृत समाजवादीले मापदण्ड बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १८:१२

२२ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मापदण्ड बनाएर केन्द्रीय सदस्य चयन गर्ने भएको छ ।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले बताए ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय कमिटीलाई पूर्णता दिने म्याण्डेट सचिवालयलाई दिएको थियो ।

म्याण्डेट अनुसार, पहिलेका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ । त्यसरी बनेको ९३ जनाको केन्द्रीय कमिटीले थप केन्द्रीय सदस्य चयन गर्न मापदण्ड बनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको महाधिवेशन अघि बसेको सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकले अर्को निर्णय नभएसम्म महाधिवेशन अगाडि भएको नेताहरुको जिम्मेवारीलाई यथावतः राख्ने निर्णय पनि गरेको छ । अर्को बैठक भोलि (आइतबार) बिहान ११ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?