
२२ असार, काठमाडौं । शनिबार काठमाडौंका नदी तथा खोलाहरुमा बाढी आउँदा वरपरका घर, सडक र संरचनाहरु पनि डुबानमा परे । मनोहरा र वाग्मतीमा आएको बाढीका कारण मुख्य गरी ललितपुर र काठमाडौंमा नदी किनारका धेरै संरचनाहरु डुबानमा परे ।
ललितपुरमा एमाले पार्टी कार्यालय र च्यासल रंगशालामा बाढी पस्यो भने काठमाडौंको बल्खुमा तरकारी बजारभित्र पानी पस्यो । भक्तपुरमा मनोहरा खोलाले १८ वटा घरटहराका मानिसलाई बिस्थापित गर्यो ।
शनिबार काठमाडौंका नदीहरुमा अनुमान गरे भन्दा धेरै पानी आएको थियो ।
काठमाडौंको वाग्मती नदीको ड्रोनबाट खिचिएको तस्वीर र भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4