+
+

सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध 

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते ९:२८
फाइल तस्वीर ।

२३ असार, पाल्पा । अविरल वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।

दुई दिनदेखि परेको झरीका कारण तानसेन नगरपालिका-८, गौडे पुल नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडकमाथिबाट खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि पहाड र तराईको यात्रामा निस्केकाहरू बीच बाटोमा रोक्किएका छ्न् ।

शनिबार दिनभरजसो अवरुद्ध भएको सिद्धार्थ राजमार्ग बेलुकीपख एकतर्फी रूपमा खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?