+
+

एमाले संसदीय दलको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते ११:३५
फाइल तस्वीर

२३ असार, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । बैठकमा एमाले संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग भएको सत्ता साझेदारीको विषयमा सांसदहरुलाई जानकारी गराएका छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस र एमालेबीच सत्तासाझेदारी गर्ने समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक बसिरहेको बताए ।

एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोड्दै नेपाली कांग्रेससँग गठबन्धन गरेको छ । यी प्रमुख दुई दलबीच यही असार १७ गते सत्ता साझेदारीको समझदारी भएको थियो ।

कांग्रेसको कार्यसम्पादन समिति र संसदीय दलको बैठकले एमालेसँग भएको समझदारीलाई अनुमोदन गरिसकेको छ । आज एमालेले पनि त्यस्तै खालको निर्णय गर्ने बताइएको छ ।

एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते विश्वासको मत लिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?