+

एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल उपाधि

२०८१ असार  २३ गते १२:०२ २०८१ असार २३ गते १२:०२
एपीएफ र सुदूरपश्चिमलाई बास्केटबल उपाधि

काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९-२० ले पराजित गर्‍यो । गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६-१६ ले हराउँदै तेस्रो भयो ।

महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५-१० ले पाखा लगायो । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १२-८ ले पन्छ्याउदै तेस्रो बन्यो ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

ह्विलचेयर बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय