+

विपुल र रविको जोडी टेबल टेनिसमा च्याम्पियन

२०८१ असार  २३ गते १२:०७ २०८१ असार २३ गते १२:०७
विपुल र रविको जोडी टेबल टेनिसमा च्याम्पियन

२३ असार, काठमाडौं । रिभाइभ टेबल टेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेको छ ।

महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा भएको फाइनलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९–११, ११–६, ११–६ र १४–१२ को सेटमा पराजित गरे । विजेताले ४० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

इन्टरटेन्मेन्ट टेबल टेनिस ग्रुको आयोजनामा भएको प्रतियोगितामा गोड स्पिन टेबल टेनिस एकेडेमीका सुरज बज्राचार्य र सञ्जय शाक्य तथा स्ट्याग च्याम्पियन्स एकेडेमीका सुमन शाक्य र सुस्मिता खड्काको जोडी तेस्रो भए । तेस्रो हुने जोडीले समान १०–१० हजार नगद पुरस्कार पाए ।

सहभागिताका लागि सबैलाई खुला गरिएको प्रतियोगितामा १ मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । डबल्समा पुरुष/महिला, पुरुष/पुरुष र महिला/महिला खेलाडीको जोडी मिलेर खेल्न पाउने प्रावधान थियो । जम्मा १ सय २८ खेलाडी सहभागी थिए ।

उत्कृष्ट खेलाडीको उपाधि भने पुरुष/महिलामा छुट्टाछुट्टै प्रदान गरिएको थियो । पुरुषमा रिभाइभका एलेक्स महर्जन तथा महिलामा राष्ट्रिय च्याम्पियन स्ट्याग च्याम्पियन्स एकेडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार जिते ।

समापनका अवसरमा जिओमले सहभागी १ सय २८ खेलाडीमध्ये ७ जनालाई ‘लक्की ड्र’मार्फत ५० हजार रुपैयाँ बराबरको रबर र बल प्रदान गरेको थियो ।

टेबल टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय