+
+

मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १९:१४

२३ असार, जनकपुरधाम । नेपाली कांग्रेसले मधेश सरकारमा जान ४ जनाको नाम टुंगो लगाएको छ । आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको हो ।

कांग्रेस स्रोतका अनुसार रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको छ ।

कांग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् ।

प्रदेश सभामा कांग्रेसको २२ सिट छ । २५ सिटको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ ।

एमालेले पनि कांग्रेस र आफूहरुको सरकारमा समान हैसियत हुन नसक्ने बताएको छ । कांग्रेसलाई चार मन्त्रालय दिए एमालेले थप एक मन्त्रालय पाउनुपर्ने उसको माग छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेलाई यस विषयमा छलफल गर्न बोलाएका छन् ।

केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि मधेशमा जनमत सरकारलाई निरन्तरता दिने सहमत भएको थियो ।

कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ६ मन्त्रीलाई शनिबार बर्खास्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?