+
+

ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १७:४३

२३ असार, काठमाडौं । ललितपुर महानरपालिका–१७ सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन् ।

मृत भेटिनेमा सोलुखुम्बुघर भएका २१ वर्षीय जीवन निरौला रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

सुमन तामाङले सञ्चालन गरेको उक्त गेस्टहाउसमा बस्न भन्दै निरौला शनिबार राति साढे ९ बजे गेस्टहाउस पुगेका थिए ।

आइतबार बिहान साढे ११ बजेसम्म पनि ढोका नखुलेपछि झ्यालबाट हेर्दा निरौला घोप्टो अवस्थामा सुतेको देखिएको थियो । तर बोलाउँदा पनि नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् ।

उनी सुतेको कोठामा लागु औषध एम्पुलहरु समेत फेला परेकाले उनी लागु औषध प्रयोगकर्ता भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनको शव पोष्टमार्टमा लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?