+
+

मलिका महतको ‘सतीदेवी’ भदौमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १८:०६

काठमाडौं । अभिनेत्री मलिका महतको शीर्ष भूमिका रहेको नारीप्रधान फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति एक महिना सरेको छ । निर्माता कम्पनी दिलाशा क्रिएसनले विज्ञप्ति जारी प्राविधिक कारणले पूर्वनिर्धारित मिति साउन ४ मा फिल्म रिलिज नहुने जानकारी गराएको हो ।

फिल्मको नयाँ रिलिज मिति भदौ ७ गतेलाई तय गरिएको छ । घोषित मितिमा नयाँ स्वदेशी तथा विदेशी फिल्म समेत नल्याउन कम्पनीले आग्रह गरेको छ ।

कुनै फिल्मलाई असर नपर्ने गरी प्रदर्शन मिति तय गरिएको फिल्मका निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले जनाएका छन् । फिल्मले नयाँ मितिसहितको पोस्टर समेत लन्च गरेको छ ।

फिल्ममा मलिकाले सतीदेवी नामक चरित्र निर्वाह गरेकी छन् । छोराको आशामा लगातार छोरी जन्माउने सामाजिक मनोविज्ञानलाई कटाक्ष गरिएको यो फिल्मले नेपालभित्रका केही फिल्म फेस्टिभलमा अवार्ड समेत जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?