+
+

बंगलादेश र नेपाली होटल व्यवसायीबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १८:५४

२३ असार, काठमाडौं । पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नेबारे नेपाल र बंगलादेशका होटल व्यवसायीबीच विभिन्न समझदारी भएको छ ।

दुई देशबीच पर्यटन विकासका लागि गर्नुपर्ने प्रमुख कार्यलाई निरन्तर रूपमा सहकार्य गर्ने उद्देश्यले बंगलादेशका पर्यटन विकाससँग सम्बन्धित छुट्टाछुट्टै ५ छाता संगठनसँग समझदारीपत्रमा हस्ताक्षर भएको होटल संघ नेपाल (हान) ले जनाएको छ ।

हानका अध्यक्ष विनायक शाह नेतृत्वमा गएको १८ सदस्यीय उक्त प्रतिनिधिमण्डलले बंगलादेशमा रहँदा सयभन्दा बढी ट्राभल, टुर पर्यटन व्यवसायीसँग बीटूबी मिटिङका साथै छिमेकको उपयुक्त पर्यटकीय गन्तव्यको रुपमा नेपालको प्रचारप्रसार भएको हानले जनाएको छ । टोली आइतबार स्वदेश फर्किएको छ ।

हान, नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटकको संख्या बढाउन र स्तरीय सेवा सुविधा प्रदान गर्ने उपायबारे छलफल भएको छ ।

बिदा मनाउन, कर्पोरेट गतिविधि सञ्चालन गर्न, माइस, डेस्टिनेसन वेडिङ, हनिमुन टुर लगायतका लागि बंगलादेशी पर्यटकहरू नेपाल आउने गरेको शाहले बताए ।

कार्यक्रममा बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक साइफुल हसनले नेपालमा भएको पर्यटन विकासबाट अभिप्रेरित रही आपसी सहकार्य बढाउँदै जाने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?