+
+

सरुमारानीका १२० जना किसानलाई पाडी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १९:४०

२३ असार, प्युठान । सरुमारानी गाउँपालिकाले किसानलाई भैसीका पाडी वितरण गरेको छ ।

दूध आयातलाई प्रतिस्थापन गरी दुधजन्य पदार्थमा सरुमारानीलाई आत्मनिर्भर बनाउने उद्देश्यले ती पाडी वितरण गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले जानकारी दिए ।

उनका अनुसार किसानसङ्ग गाउँ सरकार कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरिएको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार पालिकाको ९० प्रतिशत र किसानको १० प्रतिशत लागत साझेदारीमा एक सय २० जना किसानलाई भैँसीका पाडी वितरण गरिएको उनले जानकारी दिए ।

पछिल्लो समयमा यहाँका किसानमा भैसीपालनको आकर्षण घटेको सरुमारानी गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक मोहम्मद हलिम हलुवाइको भनाइ छ ।

उनले भने, ‘भैसीपालनमा आकर्षण बढाउन, दूध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न यो कार्यक्रम फलदायी हुनेमा विश्वास छ ।’ गाउँपालिकाले वितरण गरिएका पाडीहरुको निःशुल्क बीमा समेत गरिदिएको छ ।

गाउँपालिका र किसानबीच वितरण गरिएका पाडी पाँच वर्षसम्म विक्री गर्न नपाइने सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिए ।
गाउँपालिकाको आव २०८०/८१ को वार्षिक कार्यक्रमअन्तर्गत रु ३६ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले हरेक तीन महिनामा पाडीको स्थलगत अनुगमन गरी किसानलाई आवश्यक प्राविधिक परामर्श दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?