+
+

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते २०:४१

२३ असार, धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अल्पमतमा परिसकेका कारण राजीनामा दिएर नयाँ सरकार गठनका लगि मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले कांग्रेस यसअघिदेखि नै विपक्षमा रहेको र एमालेले समेत समर्थन फिर्ता लिइसकेकाले वर्तमान सरकार अल्पमतमा परेकोले मुख्यमन्त्री सोडारीले नैतिक आधार गुमाइसकेको उल्लेख गरेका छन् ।

उनीहरुले नैतिक बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकारवाही बाहेक अन्य कुनै कार्य सम्पादन नगर्न तथा नगराउन समेत आग्रह गरेका छन् ।

केन्द्रमा कांग्रेस र एमालेबीच केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि २० असारमा सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परिसकेका सोडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदासम्म पर्खिने बताएका छन् । सोडारी अल्पमतमा परेपछि प्रदेश सभामा विश्वासको मत परीक्षा गर्ने बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?