+
+

उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरबाट टेकुमा सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते ९:१४

२४ असार, काठमाडौं । नयाँबानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय आजबाट टेकुमा सरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुस्थित कार्यालयबाट २३ असारमा भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो ।

एसएसपी सानुराम भट्टराईले पूजापाठ गरी टेकुबाट कामकाज सुरु गरेका छन् ।

टेकुमा नै उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन पनि बनिरहेको छ, तर तयार भएको छैन ।

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो । त्यसपछि बानेश्वर सरेको थियो ।

सँगै निर्माण थालिए पनि काठमाडौं प्रहरीको भवन बनिसक्दा पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणको काम अझै बाँकी छ । कार्यालयको भवन बन्न अझै एक वर्ष लाग्ने प्रहरी अधिकृतहरुको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?