+
+

कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते ९:३८
सांकेतिक फोटो

२४ असार, धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको बताए । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको एसपी जोशीले बताए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?