+
+

सहकारी समितिलाई बैंकिङ विज्ञको सुझाव : एउटै कर्जा सूचना केन्द्र आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १५:०५
बैठकमा सहभागी गभर्नर महाप्रसाद अधिकारी । तस्वीर : रासस

२४ असार, काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले बैंकिङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्ट लगायतसँग छलफल गरेको थियो ।

बैठकमा सहभागी बैंकिङ विज्ञहरूले नियमनलाई महत्त्व नदिंदा सहकारीमा समस्या देखिएको धारणा राखे । सहकारीका समस्या समाधानका लागि नियामकीय निकाय बनाउनु पर्ने र एउटै कर्जा सूचना केन्द्र आवश्यक भएको सुझाव दिएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिंदा सहकारी क्षेत्रमा समस्या आएको बताए । अधिकारीले भूगोलको सीमा नराखिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीमा आजको अवस्था देखापरेको बताए ।

गभर्नर अधिकारीले सहकारीका समस्या समाधानका लागि ‘सेकेन्ड टायर इन्स्टिट्युसन’ बलियो नियामकीय निकाय बनाइनुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?