+

नेत्रहीन क्रिकेट सम्पन्न

२०८१ असार  २४ गते १९:३२ २०८१ असार २४ गते १९:३२
नेत्रहीन क्रिकेट सम्पन्न

२४ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेत्रहीन क्रिकेट संघ नेपालको व्यवस्थापनमा पारा तथा विशेष खेलकुदअन्तर्गत नेत्रहीन क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

मूलपानीमा भएको प्रतियोगितामा सात प्रदेशबाट ३९ पुरुष खेलाडी सहभागी थिए । ३९ खेलाडीलाई ३ समूहमा विभाजन गर्दै तीनै टिम बनाएर राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गराइएको थियो । त्यसमा ‘बी’, ‘ए’ र ‘सी’ टिम क्रमशः शीर्ष तीन स्थानमा रहे ।

यही प्रतियोगिताको प्रदर्शनका आधारमा पाकिस्तानमा नोभेम्बरमा हुने नेत्रहीन क्रिकेट विश्वकपका लागि खेलाडी छनोट गरिने नेत्रहीन क्रिकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जनाएका छन् ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय