+

मेसी सेमिफाइनल खेल्न फिट छन् : प्रशिक्षक स्कालोनी

२०८१ असार  २५ गते ८:३१ २०८१ असार २५ गते ८:३१
मेसी सेमिफाइनल खेल्न फिट छन् : प्रशिक्षक स्कालोनी

२५ असार, काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट रहेको प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन् ।

साविक विजेता अर्जेन्टिनाले बुधबार बिहान हुने सेमिफाइनलमा क्यानडासँग खेल्दैछ ।

मेसीको ह्याम्स्ट्रिङको चोटको विषयमा चासो भइरहे पनि उनी क्यानडाविरुद्ध खेल्न फिट रहेको प्रशिक्षक स्कालोनीले बताएका छन् ।

समूह चरणको अन्तिम खेल नखेलेका मेसीले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टीसुटआउटमा पराजित गर्दा पूरै समय खेलेका थिए ।

३७ वर्षीय मेसीले इक्वेडरविरुद्ध पेनाल्टी सुटआउटमा पहिलो पेनाल्टी हाने पनि गोल गर्न सकेनन् ।

‘लिओ ठीक छन् । उनले राम्रो खेले । त्यसैले भोलिको खेलमा उनी खेल्नेछन् । हामी शान्त छौं,’ स्कालझनीले सोमबार भएको प्रेस कन्फ्रेन्समा भने, ‘उनले लेभल राम्रो देखिएको छ र उनी हामीलाई आवश्यक छन् ।’

अर्जेन्टिना र क्यानडा जारी कोपामा दोस्रो पटक आमने सामने हुँदैछन् । यसअघघि पहिलो खेलमै अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको थियो ।

स्कालोनीले यसपटक आफू र क्यानडाका प्रशिक्षक जेसी मार्सले केही फरक प्रयास गर्ने बताएका छन् ।

हरेक प्रशिक्षकले आफ्नो गल्तीलाई सच्याउदै लैजाने उनले बताए । स्कालोनीले क्यानडाको शारीरिक र अग्रेशिल शैलीविरुद्ध खेल्न आफ्नो टोलीले काउन्टर रणनीति अपनाउने बताए ।

लियोनल स्कालोनी लियोनेल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय