+
+

पाल्पामा एक महिला मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १०:४९

२५ असार, काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका–५ स्थित झुम्सा खोलामा एक महिला मृत फेला परेकी छन् ।

सोही वडाको गणबास भन्ने स्थानमा बस्ने २८ वर्षीया खुमिसरा बाह्रघरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनी सोमबार बेलुकी साढे ७ बजे मृत फेला परेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको डिएसपी श्रेष्ठले बताए ।

उनका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?