+
+

रास्वपा केन्द्रीय समितिको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते ९:११

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा जारी बैठकले पार्टी महामन्त्री मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय लिने छ ।

पार्टीको अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा ढकाल निलम्वित छन् । २० असारमा बसेको केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सुझावका आधारमा ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । साथै थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार अनुशासन आयोगले प्रतिवेदन पार्टीलाई बुझाएको थियो । आजको बैठकमा अनुशासन आयोगको प्रतिवेदनमा छलफल गर्ने एजेण्डा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?