+

तथ्यांकमा स्पेन र फ्रान्सको महाभिडन्त

२०८१ असार  २५ गते १०:१० २०८१ असार २५ गते १०:१०
तथ्यांकमा स्पेन र फ्रान्सको महाभिडन्त

२५ असार, काठमाडौं । युरो २०२४ को पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।

युरोपेली फुटबलका दुई महाशक्तिबीचको खेललाई महाभिडन्तका रूपमा पनि लिइएको छ ।

यससँग जोडिएका तथ्य र तथ्यांक यस प्रकार छन् :

  • यो खेलको विजेताले फाइनलमा इंग्ल्याण्ड अथवा नेदरल्यान्ड्सको सामना गर्ने छ । फाइनल आइतबार बर्लिनमा हुनेछ ।
  • स्पेन र फ्रान्स दुवैको क्वाटरफाइनल अतिरिक्त समयमा गएको थियो । त्यसमा स्पेनले आयोजक जर्मनीलाई पराजित गरेको थियो भने फ्रान्सले पोर्चुगलमाथि टाइब्रेकरमा जित निकालेको थियो ।
  • यसपल्टको युरोमा कोही पनि फ्रान्सेली खेलाडीले ओपन-प्लेबाट गोल गर्न सकेका छैनन् ।
  • फ्रान्सेली कप्तान केलियन एमबापेले फेरि एकपल्ट प्रोटेक्टिभ-मास्क लगाएर खेल्नेछन् ।
  • चौथोपल्ट युरो उपाधि जित्ने उद्देश्यमा रहेको स्पेनले जर्मनी भूमिमा अहिलेसम्म शतप्रतिशत प्रदर्शन गरेको छ । स्पेन नै अहिलेसम्म आफ्नो सबै खेल जित्ने एक्लो टिम रहेको छ ।
  • चोट र निलम्बनका कारण स्पेनले सेमिफाइनलमा आफ्ना केही प्रमुख खेलाडीलाई गुमाउने छ । त्यसमा पेड्रि, डानी कारभाजल र रोबिन ले नोरमन्ड रहेका छन् ।
  • स्पेन र फ्रान्स दुवै यस प्रतियोगितामा सबैभन्दा कम गोल खाने टिममा पर्छन् । उनीहरू दुवै मिलेर तीन गोल मात्र खाएका छन् ।
  • यी दुई टिमबीच ३६ पल्ट खेल भएको छ । त्यसमा स्पेन १६ र फ्रान्स १३ पल्ट विजयी भएका छन् ।
  • स्पेन छैटौंपल्ट युरोको सेमिफाइनल खेल्दैछ । त्यसमध्ये एकैपल्ट मात्र फाइनल पुग्न असफल रहेको छ ।
  • फ्रान्स भने पाँच पल्ट सेमीफाइनल पुगेकोमा त्यसमध्ये तीन पल्ट विजयी भएको छ ।
युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय