+
+

बाढीले बिगार्‍यो नारायणी किनारको सौन्दर्य

बाढीले खोतलेको नारायणी नदी किनारलाई मर्मत गर्न भरतपुर महानगरपालिकाले थप रकम र समय खर्चिनुपर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १८:२४

२५ असार, चितवन । पछिल्लो समयमा पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको चितवनको नारायणी नदी किनार गत शनिबार आएको बाढीले उधिनेर क्षति पुर्‍याएको छ ।

नारायणी नदी किनार ठूला सभा समारोह, मेला महोत्सव आयोजना गर्नेदेखि साँझ–बिहान टहल्नेहरुको रोजाइमा पनि पर्दै आएको छ । त्यसैले भरतपुर महानगरपालिकाले नदी किनारमा बाँध बाँधेर हरियो दुबो रोपेको थियो । मानिसहरुलाई हिँडडुल गर्न सहज होस् भनेर मोज्याक टाइलसमेत लगाइएको थियो ।

तर गत शनिबार आएको बाढीले नारायणी नदी किनारको त्यो सुन्दरतालाई बिगारेको छ । बाढीले झण्डै ८ सय मिटर जति लामो चौरलाई ठाउँ–ठाउँमा खोतलेर बगरमा परिणत गरिदिएको छ । नदी किनारमा ६४० मिटर लम्बाइको खुट्किलासहितको ‘आरसीसी स्ट्रक्चर’ लाई भने बाढीले क्षति गरेको छैन ।

महानगरपालिकाले नारायणी नारायणी नदी किनारलाई ‘सीबीच मोडल’ मा विकास गर्ने भनेर पूर्वाधार निर्माणका काम पनि गरिरहेको थियो । तर, यसपटक आएको बाढीले चौरलाई नै क्षति गरेपछि यसको सुन्दरता खलबलिएको छ ।

महानगरले ‘सी बिच मोडेल’ अनुसार ठाउँ–ठाउँमा बगैँचा, एउटा व्यवस्थित फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बिच भलिबल, अन्य खेलका लागि छुट्टै क्षेत्र, बालुवा तथा बालबालिकाको खेल्ने स्थान, अवलोकन क्षेत्र, विश्राम स्थल, शौचालय, पार्किङलगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाएको थियो ।

नारायणी नदी किनारमा उद्योग वाणिज्य संघ चितवनले हरेक २–२ वर्षमा चितवन महोत्सव आयोजना गर्दै आएको छ । यस्तै एमालेको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र पनि यही मैदानमा भएको थियो । हालै भरतपुर भ्रमण वर्षको भव्य उद्घाटनसमेत यही चौरमा भएको थियो ।

बाढीले खोतलेको नारायणी नदी किनारलाई मर्मत गर्न भरतपुर महानगरपालिकाले थप रकम र समय खर्चिनुपर्ने भएको छ ।

हेर्नुहोस् बाढीले क्षति पुर्‍याएको नारायणी नदी किनार

तस्वीरहरू : सुवास पण्डित । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?