+
+

रविको क्लबबाट निष्कासित भएँ : मुकुल ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १२:३८

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् ।

पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको उनले बताए ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ उनले भने ।

ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको छ ।

ढकालले रास्वपामै रहने संकेत गरेका छन् । उनले भने, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?