+
+

संविधान संशोधन गर्न सर्वपक्षीय सहमति चाहिन्छ : महिन्द्र राय यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १३:०८

२५ असार, काठमाडौं । प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवले संविधान संशोधन गरेर मुलुकलाई दुई दलीय पद्धतिमा लैजान खोजेको त होइन भन्ने आशंका गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिक निर्वाचन पद्धतिको थ्रेस होल्ड बढाउन सक्ने जोखिम रहेको बताए ।

‘संविधान संशोधनका लागि दुई ठूला दलहरुले दुई दलीय सिष्टममा लान खोजिएको र थ्रेसहोल्ड बढाउन खोजेको हो भने यो मुलुकका लागि कति सहनीय हुन सक्छ ?’, उनले प्रश्न गरे ।

२०६३ सालमा मधेश आन्दोलन भएपछि अन्तरिम संविधान संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएको र त्यससलाई नयाँ संविधानले पूर्णता दिएको यादवले बताए ।

तर अहिले कांग्रेस र एमालेबीच संविधान संशोधन गर्ने सहमति भएपछि संघीयता र समानुपातिक पद्धति हटाउने त होइन भन्ने आशंका देखिएको उनले बताए । त्यसैले संविधान संशोधन गर्ने हो भने दुई दलबीच मात्र होइन, सर्वदलीय र सर्वपक्षीय सहमति हुनुपर्ने उनको भनाइ छ ।

‘संविधानको चार वटा पिलर भनेको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता हो । अहिले समानुपातिक समावेशी हटाउने कुरा आएको छ । म ध्यानाकर्षण गराउन चाहन्छु– संविधान संशोधन सर्वदलीय, सर्वपक्षीय सहमति कायम गरियोस्’, उनले भने ।

यादवले चुरे दोहनका कारण मधेशमा हरेक वर्ष ४ हेक्टर जमिन मरुभूमिकरण भइरहेको भन्दै यही स्थिति रहे ५० वर्षमा सम्पूर्ण मधेश मरुभूमि बन्ने जोखिम रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?