+
+

विवाद बिर्सिएर भुवन, प्रदीप र पूजाको अंकमाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १८:१४

काठमाडौं । नेपाली फिल्ममा कलाकारबीचको विवाद नौलो होइन । कुनै समय आरोप–प्रत्यारोप गर्ने कलाकारबीच केही समयपछि हार्दिकता पनि पलाएको देखिन्छ । मंगलबार दिनेश डीसी प्रोडक्सनले लण्डन अवार्डबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तै देखियो ।

गत वर्षसम्म एकअर्काविरुद्ध खनिएका भुवन केसी र प्रदीप खड्काले पत्रकार सम्मेलन अवधिभर हार्दिकता देखाए । उनीहरुको मेलमिलाप हेर्दा लाग्थ्यो– यी दुईबीच कहिल्यै केही भएकै छैन ।

‘प्रेमगीत ३’ रिलिजको बेला प्रदीपले खुलेरै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका थिए । त्यसपछि भुवनले पनि सार्वजनिक मञ्चबाट प्रदीपको उछितो काढे ।

मंगलबारको पत्रकार सम्मेलनमा यस्तै अर्को दृश्य पनि देखियो, जहाँ भुवन र अभिनेत्री पूजा शर्माले पनि मेलमिलाप दर्शाए । हलमा छिरेकी पूजाले भुवनलाई नमस्कार गरेर अभिवादन गरिन् । केही समयअघि एउटा फिल्मको प्रिमियरमा उनले भुवनको गाला मुसारेको भन्दै आलोचना समेत भएको थियो ।

लण्डनमा नेपाल फिल्म फेस्टिभल

बेलायतको लण्डनमा जुलाई ७ देखि २० सम्म नेपाल फिल्म फेस्टिभलको आयोजना हुँदैछ । दिनेश डीसी प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको यो फेस्टिभलमा पाँच नेपाली फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।

अन्तिम संस्कार र हल्कारा प्रदर्शन भइसकेका छन् । जुलाई १४ मा टुल्की र प्रसाद २ प्रदर्शन हुनेछन् । समापन कार्यक्रम २० तारिखमा ‘सरिता’ प्रदर्शन हुनेछ ।

समापन समारोहमा नेपालबाट शम्भुजीत बास्कोटा, भुवन केसी, दिलीप रायमाझी, प्रदीप खड्का, पूजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, दिनेश डीसी, एलिश कार्की, अनिता चलाउने लगायत कलाकार त्यसतर्फ जाने बताइएको छ ।

संगीतकार बास्कोटालाई लाइफटाइम अचिभमेन्ट प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?