+
+

रेसुङ्गाका २ वडा जोड्न निर्माण गरियो ३५७ मिटरको झोलुङ्गे पुल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते ८:४२

२६ असार, गुल्मी । रेसुङ्गा नगरपालिकाका दुईवटा वडा जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ । वडानम्बर २ को उदिनढुंगा र ७ को लसुने डाँडा जोड्न झोलुङ्गे पुन निर्माण गरिएको हो ।

स्थानीयवासीलाई आउजाउ गर्न घुमारो बाटो हिँड्नु पर्दा धेरै समय लाग्ने भएकोले झोलुङ्गे पुल निर्माण गरी दूरी छोट्याइएको नगरपालिकाले जनाएको छ ।

तम्घास बजारसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको मनोरञ्जनका लागि पनि पुलले सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।

यस क्षेत्रको लामो र अग्लो झोलुङ्गे पुल भएकोले यहाँ हेर्न र फोटो खिचाउन आनेहरु बढेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । यही ठाउँमा बञ्जी जम्प गर्ने स्थल बनाउनका लागि पनि अध्ययन भइरहेको उनले बताए ।

पुल बनेपछि वारिपारि गर्न घुमाउरो बाटो हिंड्नु पर्ने बाध्यता नरहेको स्थानीय कमला कुँवरले बताइन । तम्घास बजार किनमेल गर्न जान पनि सहज भएको उनको भनाइ छ ।

लसुने डाँडाबाट तम्घास बजार आउन १० मिनेटभन्दा बढी समय लाग्ने बाटो अब २ मिनेटमै पुग्न सकिन्छ ।

यो पुलको निलगिरी निर्माण सेवा प्रालिले निर्माण गरेको हो । सहरी विकास मन्त्रालय स्पेन्सन ब्रिज डिभिजनमार्फत एक करोड ८४ लाखको लागतमा पुल निर्माण भएको इन्जिनियर प्रवेश रेग्मीले बताए ।

पुलको पारबहन क्षमता १०७ मेट्रिक टन रहेको छ । झोलुंगे पुलमा एक पटकमा ७७२ जना पदयात्री हिँड्न सक्ने क्षमता छ ।

रेसुङ्गा नगरपालिकामा ३ वर्ष पहिले यस्तै दुईवटा वडामा जानको लागि वडानम्बर–७ र वडानम्बर–९ जोड्ने पुल निर्माण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?