+
+

‘घरज्वाइँ’ प्रिमियरमा कुन्साङ र उपासनाको ‘ब्ल्याक स्टाइल’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १२:२६

काठमाडौं । कुन्साङ बमजम र उपासना सिंह ठकुरी पछिल्लो समय नेपाली फिल्म र मोडलिङका ‘हार्टथ्रोब’ हुन् । उनीहरुको सौन्दर्य र फेसन कन्ससको चर्चा सामाजिक सञ्जालदेखि फिल्मवृत्तमा हुने गर्छ ।

‘दान्भी’मा डेब्यु गरेदेखि कुन्साङले फिल्मी समारोहमा सक्रियता बढाएका छन् । उनी जहाँ जान्छन्, त्यहाँ फेसनले पछ्याउँछ । विशेषगरी पहिरन चेतना उनको विशेषता हो ।

अभिनेत्री उपासना पनि फेसनको मामिलामा अग्रणी नै छिन् । इन्स्टाग्राममा यी दुईलाई पछ्याउनेको संख्या उच्च देखिन्छ । उपासना आगामी फिल्म ‘खुस्मा’लाई लिएर उत्साहित छिन् ।

यो चर्चा गर्नुको सन्दर्भ के भने यी दुईजना मंगलबार बेलुका कमलपोखरीस्थित बिग मुभिजमा आयोजित फिल्म ‘घरज्वाइँ’को प्रिमियर समारोहमा आकर्षणको केन्द्र बने । कालो पहिरनमा दुवैजना स्टाइलिस देखिए ।

अंग्रेजीमा उखानै छ– ‘ब्ल्याक इज नट अ कलर, दिस इज क्लास ।’ सम्भवतः कुन्साङ र उपासनाले यो उखानलाई चरितार्थ गर्ने प्रयास गरेको देखिन्छ । फिल्म हेरिसकेपछि कुन्साङले आफू लामो समयदेखि ‘घरज्वाइँ’ हेर्ने पर्खाइमा रहेको भन्दै यसको प्राविधिक र अभिनय पक्षको प्रशंसा गरे ।

उपासनाका लागि ‘घरज्वाइँ’ किन महत्वपूर्ण छ भने उनको आगामी फिल्म ‘खुस्मा’ पनि मगर समुदायकै चरित्रको कथा हो, जहाँ उनले मगर समुदायकी युवतीको भूमिका निर्वाह गरेकी छन् । जसले गर्दा ‘घरज्वाइँ’को प्रतिक्रिया र व्यावसायिक भविष्यले ‘खुस्मा’को भविष्यको संकेत पनि गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?