+

दिमागको एकाग्रतालाई असर गर्ने पपकर्न ब्रेन सिन्ड्रोम के हो ?

२०८१ असार  २६ गते १३:३७ २०८१ असार २६ गते १३:३७
दिमागको एकाग्रतालाई असर गर्ने पपकर्न ब्रेन सिन्ड्रोम के हो ?

के तपाईं दिनभरि मोबाइलमा कहिले ह्वाट्सएप, कहिले फेसबुक र कहिले इन्स्टाग्राम स्क्रोल गर्दै बिताउनुहुन्छ ? कुनै एउटा कुरामा ध्यान केन्द्रित गर्न सक्दिनँ के भएको होला भनेर सोच्दै हुनुहुन्छ ? तपाईंलाई पपकर्न ब्रेन सिन्ड्रोम भएको हुनसक्छ ।

सामाजिक सञ्जालमा बढी सक्रिय हुने व्यक्तिलाई यसले सताउने गर्छ । यो सिन्ड्रोमले मस्तिष्कलाई असर गर्नुका साथै मस्तिष्कको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्छ ।

के हो पपकर्न ब्रेन सिन्ड्रोम ?

यो सिन्ड्रोमले मस्तिष्कको एकाग्रतालाई असर गर्छ ।  यसमा मस्तिष्क एउटा कुरा देखेलगत्तै दोस्रो र तेस्रो कुरा हेर्न दौडिन्छ । दिमागलाई हरेक समय केही नयाँ चाहिन्छ । पपकर्न ब्रेन सिन्ड्रोममा मस्तिष्कले दुई वर्षको बच्चाको जस्तै काम गर्छ । जसरी बालबालिकालाई हरेक दिन नयाँ गतिविधि चाहिन्छ, त्यसैगरी पपकर्न ब्रेन सिन्ड्रोमबाट पीडित व्यक्तिलाई हरेक पल केही न केही नयाँ चाहिन्छ । यस्तो अवस्थामा मन अस्थिर हुन्छ र व्यक्तिमा ध्यान केन्द्रित हुँदैन ।

एक अनुसन्धानअनुसार जब मानिसको कुनै पनि कुरामा ध्यान केन्द्रित गर्ने क्षमता कम हुन्छ, तब उसलाई पपकर्न सिन्ड्रोम भएको मान्न सकिन्छ । सन् २००४ मा एक व्यक्तिले टिभी हेर्दा च्यानल परिवर्तन गर्न साढे दुई मिनेट खर्च गर्ने गर्थ्यो भने २०१२ मा यो समय घटेर डेढ मिनेट र आज २०२४ मा मोबाइल वा टिभीको स्क्रिनमा हेर्ने समय घटेर ४७ सेकेन्ड पुगेको छ । अर्थात् ४७ सेकेन्डपछि मानिसको दिमागले अरू केही हेर्न वा सुन्न चाहिरहेको हुन्छ ।

पपकर्न सिनड्रोमले स्मरण क्षमतालाई कमजोर बनाउँछ

विज्ञहरूका अनुसार पपकर्न ब्रेन सिन्ड्रोमबाट पीडित मानिसहरू कुनै पनि काममा ध्यान दिन सक्दैनन् । समयमै यसको उपचार गरिएन भने बिस्तारै सिकाइ र स्मरण शक्तिमा नकारात्मक असर पर्छ । साथै यसले व्यक्तिको भावनालाई पनि असर गर्छ । मानिसको दिमाग अस्थिर रहन्छ, जसकारण उसले महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन सक्दैन ।

पपकर्न सिन्ड्रोममा मस्तिष्कलाई डिजिटल संसारमा जस्तै ‘मल्टिटास्किङ’ एकै समयमा धेरै काम गर्ने  र ‘स्क्रोलिङ’ एउटा कुरामा केन्द्रित हुन नसक्ने लत लाग्न थाल्छ र मस्तिष्कले काम गर्दा पनि त्यस्तै प्रतिक्रिया दिन्छ र विचारहरू पपकर्न जस्तै घुम्न थाल्छन् ।

यो सिन्ड्रोमले मस्तिष्कको कार्य प्रणालीलाई असर गर्छ, जसकारण व्यक्तिले कहिलेकाहीं आफ्नो अगाडि राखिएको चीजहरू भेटाउँदैन । यस बाहेक मानिसले याद गरेको कुरा तुरुन्तै बिर्सन्छ ।

‘पपकर्न ब्रेन’ मानसिक स्वास्थ्यको संसारमा चिन्ताको नयाँ विषय हो । ३०, ६० र ९० सेकेन्डको रिल्स र सर्टले मानिसलाई केही समयको लागि रमाइलो दिइरहेको हुनसक्छ तर अन्त्यमा यसले पपकर्न सिन्ड्रोमको सिकार बनाउँछ । युवा मात्र होइन, वृद्धवृद्धा, किशोरकिशोरी र बालबालिका समेत यसको सिकार भइरहेका छन् ।

सन् २०१७ मा फेसबुकले एक तथ्यांक सार्वजनिक गरेको थियो । जसमा कम्पनीले भनेको थियो, प्रत्येक दिन एक साधारण प्रयोगकर्ता  ३०० फिट स्क्रिन स्क्रोल गर्छन् र यो एक महिनामा २.७ किलोमिटर हुन्छ । जुन समयमा यो डाटा सार्वजनिक भएको थियो, सामाजिक सञ्जालमा सर्ट र भिडियोहरू लोकप्रिय थिएनन्, त्यसैले अहिले यो संख्या पहिलेको भन्दा धेरै बढेको हुनसक्छ ।

पपकर्न ब्रेन सिनड्रोमका लक्षण 

– कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न नसक्नु

– कुनै पनि काम गर्न दबाब महसुस हुनु

– सिक्न र सम्झिन कठिनाइ हुनु

– नयाँ योजना बनाउन र अरूको कुरा सुन्न कठिनाइ हुनु

पपकर्न ब्रेनबाट बच्ने उपाय

विशेषज्ञहरूका अनुसार यो सिन्ड्रोमबाट बच्न मानिसले पहिले सामाजिक सञ्जालमा कति समय बिताउने भन्ने निर्णय गर्नुपर्छ । यसबारे समयतालिका नै बनाउनुपर्छ ।

कार्यालयमा कामको बीचमा ब्रेक लिंदा मोबाइल प्रयोग गर्नुको सट्टा साथीहरूसँग कुरा गर्नुपर्छ । खाना खाँदा मोबाइलको प्रयोग गर्नु हुँदैन । पत्रपत्रिका पढ्ने बानी बसाउनुपर्छ । आफ्ना रुचिका कामका लागि समसय निकाल्नुपर्छ ।

दिनभरको दिनचर्याको तालिका बनाउने र प्रकृतिसँग समय बिताउने गर्नुपर्छ । महत्त्वपूर्ण कामहरूलाई प्राथमिकतामा राख्ने,  महत्त्वपूर्ण काम पहिले पूरा गर्ने र समय–समयमा नियमित विश्राम पनि लिनुपर्छ ।

यो समस्याबाट बच्न एकपटकमा एउटा काममा मात्र ध्यान केन्द्रित गर्ने, व्यायामका लागि पनि समय निकाल्ने गर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

पपकर्न ब्रेन सिन्ड्रोम मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?