+
+

सेवासुविधा बढाउन माग गर्दै सामसङका ३० हजार कर्मचारी हड्तालमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १४:३३

२६ असार, काठमाडौं । विद्युतीय सामग्रीमा विश्वभर रजगज गरेको सामसङ ग्रुपका कर्मचारीहरू सेवासुविधा वृद्धिको माग गर्दै हड्तालमा उत्रिएका छन् ।

करिब ३० हजार कर्मचारी अनिश्चितकालीन आन्दोलनमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ ।

कर्मचारीहरूको संगठन नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले सुरुवातमा तीन दिने हड्ताल गर्दै आन्दोलनको सुरुवात गरेको थियो । त्यसक्रममा व्यवस्थापन मागप्रति उदार नभएकाले अनिश्चतकालीन आन्दोलनमा होमिनुपरेको कर्मचारीहरूले बताएका छन् ।

एनएसईयूले पहिलो चरणको आन्दोलनले व्यवस्थापनलाई कुनै प्रभाव परेको नदेखेपछि १० जुलाई (आज)देखि लागू हुनेगरी अनिश्चितकालीन आन्दोलन गर्न बाध्य भएको प्रतिक्रिया दिएको छ ।

एनएसईयूमा दक्षिण कोरियास्थित सामसङको मुख्यालयमा कार्यरत करिब एक चौथाइ कर्मचारी आवद्ध छन् । आन्दोलनले सामसङका सामग्रीको उत्पादन र वितरणमा समस्या हुने कर्मचारीहरूले बताएका छन् ।

संगठनले औद्योगिक क्षेत्रका मात्रै ६ हजार ५०० कर्मचारी हड्तालमा उत्रिएको जनाएको छ ।

तर सामसङको व्यवस्थापनले चाहिं कर्मचारीहरूको दाबीलाई नकारेको छ । ‘आन्दोलनले उत्पादन र वितरण कुनै समस्या ल्याएको छैन । तर पनि हामी कर्मचारीको मागप्रति संवेदनशील छौं र सक्दो छिटो समाधान गर्ने तयारीमा छौं,’ सामसङको व्यवस्थापनले बीबीसीसँग भनेको छ ।

सामसङका ग्लोबल एसिस्टेन्ट म्यानेजर जंग इन युनले उत्पादनमा कुनै अवरोध नभएको प्रतिक्रिया दिएका छन् ।

एनएसईयूले आफ्नो माग व्यवस्थापनलाई सुनाउन अघिल्लो महिना उद्योग क्षेत्रमा मार्चपास गरेको थियो ।

सामसङ मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजन उत्पादनमा विश्वकै ठूलो कम्पनी मानिन्छ । एआई प्रविधिको विकासले सामसङ चिप्सको व्यापार र नाफा तीव्र गतिमा बढेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?