+

प्रतिस्पर्धात्मक खेलमा नेपालको हार

२०८१ असार  २६ गते १५:०४ २०८१ असार २६ गते १५:०४
प्रतिस्पर्धात्मक खेलमा नेपालको हार

२६ असार, काठमाडौं। एसीसी वुमन्स एसिया कप खेल्न श्रीलंका पुगेको नेपाल दोस्रो टी-२० अभ्यास खेलमा पराजित भएको छ । बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल श्रीलंका डेभलप्मेन्टसँग ४ विकेटले पराजित भएको छ । योसँगै तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगावै गुमाएको छ ।

१०७ रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलप्मेन्टले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर सेनाराथनीले ३७ बलमा २ चौकासहित सर्वाधिक २७, इमिका मेन्डिस १७, कप्तान सेन्दीपानी १९ र एम मदाराले १६ रन बनाइन् । नेपालकी कृतिका मरासिनी, इन्दु बर्मा, कविता जोशी र सबनम राइले १-१ विकेट लिइन् ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । नेपालकी ओपनर कविता कँवरले ३४ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । इन्दु बर्माले ४३ बलमा ३ चौकासहित २८, ओपनर सम्झना खड्का ११, रुविना क्षेत्री ६, कविता जोशी ४, विन्दु रावल ८ र पूजा महतोले ६ रन बनाइन् ।

देवमी विहांगाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । सेन्दीपानीले २, थरिका सेवान्दी,सन्दीनु निसांसालाले १-१ विकेट लिइन् । नेपाल पहिलो खेलमा मंगलबार ३३ रनले पराजित भएको थियो । तीन खेलको सिरिजमा श्रीलंका २-० ले अघि छ । अन्तिम खेल आगामी मंगलबार हुनेछ ।

नेपालले एसीसी एसियाकप अघि तयारी खेल खेलेको हो । एसिया कप १९ देखि २८ जुलाईसम्म श्रीलंकामा हुँदैछ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र युएई छन् । नेपालले पहिलो खेल १९ जुलाईमा यूएई, २१ जुलाईमा पाकिस्तान र २३ जुलाईमा भारतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनलमा पुग्नेछ ।

एसीसी वुमन्स एसिया कप :
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय