+
+

‘शाम्बाला’ स्वीट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिभलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १६:४९

काठमाडौं । मीनबहादुर भाम निर्देशित कथानक फिल्म ‘शाम्बाला’को फेस्टिभल यात्रा जारी छ । यो फिल्म स्वीट्जरल्याण्डको विश्वप्रसिद्ध फिल्म फेस्टिभल लोकार्नोको ७७ औं संस्करणमा छनोट भएको छ ।

फेस्टिभलको आधिकारिक वेबसाइटका अनुसार पियाजा ग्राण्डे विधामा फिल्म छनोट भएको हो । बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको यो फिल्म अर्को प्रतिष्ठित फेस्टिभलमा छानिएको हो ।

‘लोकार्नो बोल्ड र नवीन फिल्मका लागि प्रख्यात छ,’ फेस्टिभल छनोटबारे जानकारी दिंदै फिल्म शाम्बालाले भनेको छ, ‘यो छनोट हाम्रा लागि अविश्वसनीय हो । हामी ठूलो पर्दामा फिल्म हेर्न र स्वीस दर्शकसँग साझेदारीका लागि धेरै पर्खन सक्दैनौं । एक शानदार फेस्टिभल हुनेछ ।’

‘कालोपोथी’ फेम्ड भामको यो दोस्रो निर्देशकीय फिचर हो । फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । यो फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गर्छ । बर्लिनबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाइसकेको छ ।

फिल्मले एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमालाई पछ्याउँछ । जब व्यापारका लागि गएका पुरुष फर्किंदैनन्, तब पेमाले आफ्नो गर्भमा रहेको बच्चालाई वैधता दिनका लागि उसलाई खोज्न थाल्छिन् ।

तिब्बती र नेपाली भाषामा बनेको यो फिल्मलाई आगामी सेप्टेम्बरमा नेपाली हलमा रिलिजको तयारी छ । यो फिल्मको नेपाल वितरण अधिकार एप्पल इन्टरटेनमेन्टले खरिद गरेको चर्चा पनि छ । यद्यपि, नेपाल रिलिज मितिबारे निर्माता र एप्पलले केही बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?