+
+

जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १६:५५
सचिव वीपी साह

२६ असार, काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।

अनुशासन समितिको सिफारिसमा केन्द्रीय समितिले केन्द्रीय सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको सचिव अनिताकुमारी मण्डलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निलम्बनमा पर्नेमा सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती पनि छन् । त्यस्तै पूर्वमिर्चैया नगर सचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई पार्टीले निलम्बन गरेको छ ।

नेताहरूका अनुसार जिल्ला अधिवेशनका क्रममा खेलेको भूमिकाका कारण सचिव साह निलम्बनमा परेका हुन् ।

व्यवहार सुधार देखाए फुकुवा गर्ने, नभए थप कारबाही गर्ने जनमतले बताएको छ । प्रवक्ता डा. शरदसिंह यादव भन्छन्, ‘पार्टीमा काम गर्दा जानेर वा नजानेर कहीँ त्रुटि भएको हुनसक्छ, त्यसलाई सच्याउन दिएको समय हो यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?