+
+

समाजवादी मोर्चामा आबद्ध नेताहरु बालुवाटारमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १७:१७
फाइल तस्वीर

२६ असार, काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे छलफल गर्न मोर्चामा रहेका नेताहरुलाई छलफल गर्न बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव बालुवाटार पुगेका छन् । यो छलफलमा नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी हुँदैछन् ।

‘यो छलफल एकप्रकारले सत्ता सहयात्रीहरु नेताहरुको पनि हो । धन्यवाद दिने कुरा छ, पर्सि विश्वासको मत लिने कुरा छ । यिनै विषयमा छलफल हुन्छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?