+
+

राप्रपा संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते ८:३९

२७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने राप्रपाले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार लिन लागेको विश्वासको मतबारे पनि बैठकमा छलफल हुने छ । मत दिने वा नदिनेबारे निर्णय गर्नेछ ।

साथै, संसदमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा रणनीति बनाउने राप्रपाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?