+
+

मापदण्ड विपरीत शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते ११:३९

२७ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन जारी गर्न माग गरेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई पत्र लेखेर नेविसंघले मापदण्ड विपरीत चर्को भर्ना शुल्क असुल्ने विद्यालयहरूलाई काबाही गर्न समेत माग गरेको छ ।

संघका प्रवक्ता सुरज सेजुवाल नेतृत्वको टोलीले समिति सभापति थापा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेलाई ९ बुँदे ज्ञापनपत्र बुधबार बुझाएको हो ।

शिक्षा ऐन, नियमावली, निर्देशिका र मापदण्डमा भएको शुल्क सम्बन्धी व्यवस्थाको प्रतिकूल हुने गरी रकम उठाउने विद्यालयलाई कारबाही गर्न संघले माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?