+
+

धादिङको बेनीघाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते १५:३९

२७ असार, चितवन । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार दिउँसो साढे २ बजे धादिङको रोराङ गाउँपालिका-१० स्थित पानीधारा भन्‍ने ठाउँमा ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार पहिरो पन्छाउन करिब १ घण्टा लाग्‍नेछ । बिहीबार बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध हुँदा पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको थियो भने जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?