
२७ असार, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठ अष्ट्रेलियामा रहेको फेवा एजुकेसन एण्ड माइग्रेसनको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
सिड्नीमा अवस्थित फेवा माइग्रेसनले स्पाइकर मानबहादुरलाई दुई वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको निर्देशक योगेश श्रेष्ठले जानकारी दिए ।
अष्ट्रेलियाको प्रमुख शिक्षा र आप्रवासन परामर्श संस्थाको रुपमा फेवा एजुकेसन एण्ड माइग्रेसनले एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएको छ ।
सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुर गत वर्ष साउनमा नेपालको कप्तान नियुक्त भएका थिए ।
उनकै कप्तानीमा नेपालले गत वर्ष असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाड खेलेको थियो । त्यसअघि मानबहादुरले सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाड पनि खेलेका थिए ।
यस्तै नेपालको पुरुष भलिबल टोलीले सन् २०१७ मा माल्दिभ्समा भएको सेन्ट्रल जोनमा तेस्रो हुँदै कास्य पदक जित्दा मानबहादुर टोलीको सदस्य थिए । त्यसबेला मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।
मानबहादुरले घरेलु भलिबलमा त्रिभुवन आर्मी क्लबको समेत कप्तानी गरिसकेका छन् ।
राष्ट्रपति रनिङ शिल्डबाट सुरु भएको मानबहादुरको भलिबल यात्रा पश्चिमाञ्चल टिम, नेपाल पुलिस क्लब हुँदै आर्मीसम्म पुगेको हो ।
प्रतिक्रिया 4