+

पाकिस्तानले साफ यू २० च्याम्पियनसिप नखेल्ने

२०८१ असार  २७ गते १८:२८ २०८१ असार २७ गते १८:२८
पाकिस्तानले साफ यू २० च्याम्पियनसिप नखेल्ने

२७ असार, काठमाडौं । पाकिस्तानले आगामी अगष्टमा नेपालमा हुने साफ यू २० च्याम्पियनसिप नखेल्ने भएको छ ।

पाकिस्तानले आन्तरिक कारणले नाम फिर्ता लिएको जानकारी दिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । पाकिस्तानले नखेल्ने भएपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले परिवर्तित खेल तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार अब समूह ए र बी दुवैमा ३–३ टिम छन् । यसअघि समूह ए मा रहेको पाकिस्तान हटेपछि अब नेपाल, श्रीलंका र बंगलादेश यस समूहमा छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् ।

साफ यू २० च्याम्पियनसिप अगष्ट १८ देखि २८ सम्म काठमाडौंमा हुनेछ । उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्ने छ । यस्तै नेपालले बंगलादेशसँग अगष्ट २२ मा खेल्ने छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

नेपाल साफ यू २०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय