+
+

राजनराज र मेलिनाको स्वरमा फिल्म ‘सानो संसार’को गीत रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते २०:०८

काठमाडौं । अहिले छायांकनको क्रममा रहेको फिल्म ‘सानो संसार’को नयाँ गीतलाई रेकर्ड गरिएको छ ।

अर्जुनकुमार फिल्म्सको प्रस्तुतिमा निर्माण भैरहेको फिल्मको उक्त गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको यूगल गायन छ ।

बबरमहलस्थित प्रिज्म स्टुडियोमा यो गीतको रेकर्डिङ गरिएको हो । असोज १७ गते अर्थात दशैँ घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरिरहेका छन् ।

संगीतकार समेत रहेका अर्जुन कुमार यो फिल्मका निर्माता तथा प्रस्तुतकर्ता हुन् । फिल्ममा सीतादेवी तिमिल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी आदि कलाकारले अभिनय गरिरहेका छन् ।

पारिवारिक कथावस्तुमा निर्माण भएको यो फिल्मलाई दर्शकले रुचाउने आशा अर्जुन लिएका छन् । यसअघि ‘चपली हाइट’जस्ता व्यवसायिक हिट फिल्म बनाएका कुमारले नयाँ कलाकारलाई लिएर फिल्म बनाइरहेका हुन् ।

‘सानो संसार’बाट चर्चित कलाकार केदार घिमिरे माग्ने बुढाकी श्रीमती सीतादेवीले फिल्म करिअर समेत थालेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?