+
+

सुनको भाउमा फेरि नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १०:५३

२८ असार, काठमाडौं । शुक्रबार सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । यसअघि आइतबार बनेको उच्च मूल्य रेकर्ड ६ दिनमै तोडिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन अघिल्लो दिनको तुलनामा १८ सय महँगो हो भने हालसम्मकै उच्च हो । यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्य रेकर्ड बनेको थियो ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९०० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?