+
+

प्रियंका चोपडा पश्चात यशराज ब्यानरसँग सिनेमा गर्दै सुनिल थापा

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १७ गते १६:४३

करिब २८ बर्ष पछि बलिउडमा फर्किएका कलाकार सुनिल थापाको व्यस्तता बढ्दै गएको छ । उनी हाल नायिका प्रियंका चोपडासँग ‘म्यारी कोम’ नामक सिनेमामा काम गरिरहेका छन् । पहिलो पटक मिडियाको अघि चलचित्रको लुक्समा देखिएका थापाले नयाँ राज पनि खोलेका छन् । ‘म्यारी कोम’ नामक सिनेमामा सुनिल प्रियंका चोपडाको गुरुको भूमिकामा देखिदै छन् । sunil-thapaप्रियंकाको गेटअप फरक भएकाले पनि सिनेमाको बारेमा केही भन्न नमिलेको उनको तर्क छ । यो सिनेमाको ४० प्रतिशत छायांकन सकिएको सुनिलले बताएका छन् । उनले प्रियंका चोपडाको काम गर्ने शैलीबाट आफू निक्कै प्रभावित भएको जनाए । पिताको निधन भएको ५ दिनमै प्रियंका काममा फर्किएको भन्दै सुनिलले बलिउड कलाकारबाट नेपाली सिनेकर्मीले धेरै कुरा सिक्नु पर्ने जनाए । चलचित्रको छायांकन सेटमा मोबाइल समेत लैजान नपाइने अनुभव सुनिलको छ ।

‘म्यारी कोम’ पश्चात भारतको चर्चित फिल्म कम्पनी यशराज ब्यानरको नयाँ चलचित्रमा काम गर्न लागेको सुनिलले बताएका छन् । उनले आफूले ‘म्यारी कोम’को लुक्स राखेकाले गर्दा पनि नयाँ चलचित्रका लागि स्त्रिmन टेष्ट गर्न नपाएको बताए ।

उनले सिनेमाको बिषयमा अन्य जानकारी प्राप्त नभएको भन्दै स्त्रिmन टेष्टका लागि मात्र आग्रह गरिएको बताए । उनले फ्रेबुअरीबाट भोजपुरी चलचित्रमा काम गर्न लागेको समेत बताए । करिब १ महिना नेपालमा बस्ने सुनिल थापाले एक नेपाली सिनेमामा पनि काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?