+
+

विश्वासको मत केही पछाडि सार्न चाहन्थें : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १२:१९

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर बाढी, पहिरो, चट्याङबाट जनधनको क्षति भइरहेकोबेला सरकार परिवर्तन र विश्वासको मत लिने नलिने भन्नेतिर केन्द्रित हुनुपर्ने बिडम्बनाको स्थितिमा पुग्नुपरेको बताएका छन् ।
सदनमा विश्वासको मत माग्दै प्रचण्डले एकढिक्का भएर त्यसको प्रतिवाद गर्नुपर्ने, सतर्कता अपनाउनुपर्ने, तयारी गर्नुपर्ने, खोजउद्धार, राहतका निम्ति लाग्नुपर्नेबेला भएको बताउँदै भने, ‘हामी अहिले फेरि सरकार परिवर्तन र विश्वासको मत लिने नलिने भन्नेतिर केन्द्रित हुनुपर्ने बडो बिडम्बनाको स्थितिमा हामी छौं ।’

प्रचण्डले आफू आज विश्वासको मत लिन नचाहेको र केही घन्टा भए पनि पछाडि सार्न चाहेको बताए । ‘मैले एकमनले त सोचेको थिएँ, आज बिहान । २ वटा बगेको, कास्कीमा ११ जना मान्छेको मृत्यु भएको । अन्य ठाउँमा पनि यो भइराखेकोबेलामा आज नै विश्वासको मत माग्न उचित होला कि हुन्न होला ? भनेर सोचें’, उनले भने ।

प्रचण्डले अगाडि भने, तर, मलाई लाग्छ–जुन २ ठूला दलहरु सहमत भएर उहाँहरु छिटोभन्दा छिटो सरकार बनाउनेतिर उद्दत भएको र हिजो मैले मुख्य सचेतकमार्फत २ घन्टा समय सारौं भन्दा पनि नहुने देखेपछि सायद फेरि मैले केही दिन सारौं भन्यो भने यसको अर्को अर्थ लाग्ला भनेर मैले सभामुखजीसँग यो कुरा गरिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?